१९ अगस्ट २०२५ क्यालिफोर्निया
एनआरएन
एनआरएनए एनसिसी गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका २०२५-२७ का लागि हालै भएको आसन्न निर्वाचनमा सत्यन्द्र कुमार शाहाले ३२२८ मत ल्याई विजय हुनु भएको छ भने वाहाँका प्रतिद्वन्दीहरू भानु खरलले २५०६ मत ल्याई दोस्रो स्थान ओगट्न सफल हुनुभएको र रामहरी अधिकारीले २०६३ मत ल्याई तेस्रो स्थान ओगट्न सफल हुनुभएको स्रोतको ताबी छ !
यता एनआरएनए क्यालिफोर्निया च्यापटरमा एकातिर एनआरएनए आईसिसी अन्तराष्ट्रीय गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदले कृष्ण बूढाथोकीको अध्यक्षतामा वाहाँको टिमलाई निर्बिरोध निर्बाचित गराई सकेको छ भने अर्को तिर एनआरएनए एनसिसी गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदले कुल प्रसाद ढकालको अध्यक्षतामा वाहाँको टिमलाई निर्बिरोध निर्वाचित गराई सकेको जानाकारी गराएको छ र दुबै टिमलाई बधाईको ओइरो आइरहेको छ तर भोलि कुन टिमले बैधानिकता पाउने हो र कुन टिमले बधाई जनतालाई नै फिर्ता दिनु पर्ने हो त्यो भने हेर्न बाँकी रहेको कुरा क्यालिफोर्नियाका जनताले बताईरबेका छन्
