४ सेप्टेम्बर २०२५, क्यालिफोर्निया
क्यालिफोर्निया, Mountain View मा हुर्कदै गरेको २ बर्ष की छोरी JASMIN, र ६ बर्ष को छोरा ROMIN को मात्रै हैन सिङ्गो परिवार कै भरोषा, प्यारो र समुदायमा केहि-कसैलाई दुख पर्दा मात्रै ३७ बर्षिय राम (छिरिङ्) तामाङले अघी सरेर सहयोग गर्ने गर्थे, 5 बर्ष अघि सोही स्थानमा आमाको हृदयघातबाट असामायिक निधन भएर बिछिप्त भएका राम (छिरिङ्) र उन्की श्रीमती चादनी लामाले दू:ख सुख दिनहरू बिताइरहेका थिए तर दुर्भाग्य, रामलाई गत बर्ष क्यान्सरको संकेत देखियो, नियमित उपाचार्, Follow Up, Diagnosis पश्चात पनि रोग निको भएन र हाल STAGE 4 CANCER को अवस्थामा जीवनमरणको दोसाधमा संघर्षरत र पिडादायी छट्पटीका अन्तिम दिनहरु Sandford Hospital, Palo Alto, CA मा बिताइरहेका थिए तर आज अचानक ४ सेप्टेम्बरको दिन दुखद निधन भएकाले घरपरिवार र बे एरिया नेपालीबासी गहिरो शोकमा परेका छन् ! उनी तामाङ को-अप्रेसन सोसाइटी अफ क्यालिफोर्नियाका बोर्ड सदस्य समेत रहेका हुनाले सोही संस्थाको पहलमा उनको उपचार्थ गो फन्ड खोलेर अहिलेकै सबै भन्दा बढी संकलन रकम करिब बाउन्न हजार डलर उठिसकेको छ र अझै उठ्ने काम जारी नै छ ! तर उनको दुखद निधन भएकोले यही मिति ७ सेटेम्बर आइतबारका दिन बिहान फनरल होम 1094 Yerba Buena Ave, Emeryville, CA 94608 जाहाँ आमाको दाहसंस्कार गरिएको थियो त्यही अन्तिम श्रद्धांजली गर्ने भन्ने घरपरिवार र तामाङ कमिटीका अध्यक्ष सुरज पाख्रिनले बताउनु भएको छ ! हार्दिक श्रद्धांजली राम !!!
