×

PrabashPost

२०८२ को संगीत रत्न कदरपत्र द्वारा भुवन सुप्तिहाङ राई सम्मानित


PrabashPost

सोमवार २२, सेप्टेम्बर २०२५, क्यालिफोर्निया

उदयपुर चौदण्डी नगरपालिका ४ मा जन्म भई हाल अमेरिकालाई कर्म थलो बनाईरहेका नेपाली गीत सगीतका एक धरोहरा युबा गाएक भुवन सुप्तिहाङ राई भरखरै २०८२ को “संगीत रत्न” कदरपत्र द्वारा सम्मानित भएका छन् ! प्रयास मञ्च काठमाडौ नेपाल द्वारा आयोजित बिभिन्न बिधामा सम्मान गर्ने कार्यक्रम अन्तर्गत लामो समय देखि गीत संगीतको क्षेत्रलाई आफ्नो मुख्य क्षेत्र बनाई देश बिदेशमा रहँदा पनि उतिकै योगदान दिएको उच्च मूल्याङ्कन गर्दै उक्त कदरपत्रले राईलाई सम्मान गरिएको हो !

    कदरपत्रमा भनिएको छ “नेपाली गीत संगीतको श्रीबृद्धीमा पु-याउनु भएको योगदानको उच्च मूल्याङ्न गर्दै हौसला स्वरूप यो कदरपत्र “संगीत रत्न २०८२”ले वाहाँलाई सम्मान गर्दछौं……”

    गायक राई भन्छन् “मेरो यो लामो गीत संगीत प्रतिको लगाब र मेहनतले सम्मान पाएको छ जस्ले गर्दा मलाई अझै लागिरहन हौसला प्रदान गरेको छ अझ म मेहनत गर्छु र आयोजक प्रति हार्दिक आभार प्रकट गर्दछु”

  •    “यस्तो भाछ मायालु याहाँ जसले जे गरेपनि भाकैछ, काम गरेनी कसैले अब्जस त पाकैछ, काम नगरेनी कसैले गफ चुटेरै खाकै छ……। “ जस्ता दर्जनौ कालजयी चर्चित गीतहरू गाएर राई चर्चामा छन् भने “ तीनतारा तिनतिरी जस्ता चर्चित गीतमा संगीत भरेर चर्चामा छन् राई !

सम्बन्धित खवर

सबै

साहित्य

अन्तरबार्ता

बिजनेस