×

PrabashPost

अन्तिम दाहसंस्कार


PrabashPost

आइतबार १२ अक्टोबर, २०२५, सन फ्रानसिस्को क्यालिफोर्निया

रुकुम जिल्लाको सानिभेरी गाउँपालिकामा जन्मघर भएको, हाल अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा बसोबास गर्दै आउनुभएका ३० वर्षीय युवा बिनोद बुढाथोकीको असामयिक निधन भएको छ। २०२५ अक्टोबर ४ का दिन राति २ बजे, दशैंको खुसीयालीमा साथीहरूसँग टीका लगाएर घर फर्कने क्रममा भएको सडक दुर्घटनाले उहाँलाई हामीबाट सदाका लागि छुट्ट्याइदिएको छ। यो अपूरणीय क्षतिले उहाँको परिवार र सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ भने यस दुखद घडिमा वाहाँको परिवार तथा आफन्तजनलाई संवेदना प्रकट गर्दै मानसिक, आर्थिक सहयोग तथा सब व्यवस्थापन लगाएत दाहसंस्कारका लागि NRNA California chapterको अगुवाईमा गो फन्ड खोली NANC लगाएत अन्य सामाजिक संसथाहरू, सामाजिक अभियान्ताहरू, समाजसेबी तथा बुद्धिजीवीहरूको पहलमा सहयोग जुटाउने काम भएको छ र हिजो ११ तारिकका दिन दुर्घटना भएको स्थानमा सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवी र फेडरल प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ! त्यसैगरेर आज १२ तारीख़को दिन सयौ नेपालीको उपस्थितमा दिनको तीन बजे दाहसंस्कार सहित अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ


सम्बन्धित खवर

सबै

साहित्य

अन्तरबार्ता

बिजनेस