खुसी हराएको लहरमा, उभिरहेको थिएँ म
इच्छा बगाएको बगरमा, पुगिरहेको थिएँ म
कदर सहितको अधर खोज्न
हरेक पहर, सहरमा घुमीरहेको थिएँ म
बिनास बिना आश, सोचिरहेको थिएँ म
सपना सहितको बास, रोजिरहेको थिएँ म
खास म भित्रको आश
लास भित्र सास, खोजिरहेको थिएँ म
फुलबारीको फूलले पराग, बोक्छ भन्थेँ म
नारी भित्रको अस्मिताले खराब, रोक्छ भन्थेँ म
दीन दुखीको मर्म बुझी कर्म गरे
धर्मले, छोप्छ भन्थेँ म
