२६ जुलाई २०२५ शनिवार
उत्तर क्यालिफोर्निया

आज मिति २६ जुलाई शनिवारका दिन उत्तर क्यालिफोर्नियाको ६७१२ पोर्टला ड्राइभ एल सेरिटोमा बौद्ध धर्म गुरू क्याब्जे छ्योक्यी निमा रिपोन्छे ज्यू द्रारा बिहान नौ बजे देखि तीन बजे सम्म पूजा, वाङ थाप्ने तथा प्रवचन कार्यक्रम संपन्न भएको छ भने तीन बजे पछि गुम्बामा नयाँ बुद्धको मूर्ति प्रतिस्थापन गर्ने काम सम्पन्न भएको छ ! यस भव्य कार्यक्रमको सम्पूर्ण भक्तजनलाई यसै संस्थाका अध्यक्ष सुरज पाख्रिन ज्यूले निशुल्क खानपिनको व्यवस्था गर्नु भएको थियो !
भोलि यसै ठाऊमा बिहान नौ बजे देखि पाँच बजेसम्म भव्य पूजा, वाङ थाप्ने काम र प्रवचन हुने कुरा आयोजक कमिटीले बताएका छन् भने निशुल्सक सम्पूर्ण नास्ता खानाको जिम्मा संस्थाले नै लिएको छ र सबै इच्छुक मानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछ धन्यवाद!
