
Screenshot
बिहिबार १८ डिसेम्बर २०२५, क्यालिफोर्निया
क्यालिफोर्निया च्यापटरमा आउदै गरेको नेपाली जनसम्पर्क समितिको अधिबेशन पूर्व नै पार्टी भित्र बिबाद चुलिएको छ ! संस्थापन पक्षले निस्पक्ष, बिधिसम्मत र संबैधानिक तरिकाले अधिबेशन गर्न नलागेको, निर्बाचन कमिटी निस्पक्ष नरहेको, सदस्यतामा संस्थापन पक्षका मात्र इलिगल तरिकाले ल्याइएको, संस्थालाई नै आफ्नो कब्जामा राखिएको, आफ्नो स्वार्थको लागि संस्था एकलौटी गरिएको, एक पक्षीय सदस्य दर्ता, अपारदर्शीता, अबैधानिक अधिबेशनको प्रक्रिया, योग्य सदस्यहरूलाई सदस्यता लिनबाट बंचित गरिएको, संगठन कमजोरी बनाउने कार्य गरिएको, शुभ चिन्तकहरूका पार्टी प्रतिको आशा र विश्वासमा आँच आउने काम गरिएको, सदस्यता बितरणमा लापरवाही गरेको भन्दै असन्तुष्ट पक्षले आफ्नो आवाज सुनिदिने मान्छे नभएको कारणले पत्रकार संमेलन गरी प्रेस बिज्ञप्ति गर्दै बिरोध जनाएको एक सूचना स्रोतले बताएका छन् !
बिज्ञप्तिमा भनिएको छ “यदि संस्थापन पक्ष सुध्रिएर नआए र सात सय भन्दा बढी जनसम्पर्क मञ्चका शुभचिन्तकहरूको भावना माथि खेलवाड गर्दै पार्टीको प्रतिष्ठामा आँच आउने काम गरिएमा र सबै पक्षलाई नसमेटी एकपक्क्षिय गठन गरिएमा, समितिलाई तत्काल खारेज गरी नयाँ भेरिफिकेशन समिति गठन नगरिएमा, मागहरूलाई बेवास्ता गरी ज़बरदस्त अगाडि बढाईएमा त्यसबाट उत्पन्न हुने सबै प्रकारको पार्टीगत क्षति, कानुन सम्बद्द क्षेति-सम्बन्धीत पक्ष स्वमले ब्यहोर्नु पर्ने कुरा हामी स्पष्ट चेतावनी दिन चाहन्छौ र सबैलाई मौन नरही आफ्नो पक्षकों पनि ज़िम्मेवारी ठानी तत्काल न्यायोचित समाधानका लागि जिम्मेवार निर्बाह गर्न दृढ अपील गर्दछौ भनिएको छ”! सुरेश हमाल, श्रीराम थापा, बल बहादुर केसी, गोबिन्द चलाउने, नारायण पोख्रेल, बिनोद पुन, बासु क्षेत्री, पदम लामा लगाएत सम्पूर्ण साथीहरू” !

यता संस्थाका अग्रज( संस्थापन पक्ष) ले भने असन्तुष्ट पक्षको मागहरूलाई बेवास्ता गर्दै भोली २० तारिक नै अधिबेशन गर्न भव्य तयारीका साथ सबैलाई आउन आह्वान गरिएको छ भने नेपाली जनसम्पर्कका शुभ चिन्तकहरूले भने मिलेर जान बाहेक बिकल्प नरेको बताएका छन्
