
आइतबार १७ जनावरी २०२६, एलसोब्रान्ते क्यालिफोर्निया !
नोर्थ क्यालिफोर्निया तामाङ कोअपरेशन सोसाइटीले यो मञ्जुश्री सम्बत २८६२ औं सोनाम ल्होछारको सांस्कृतिक साँझ शनिवार २४ जनवरी २०२६ का दिन रिचमन्ड सिटी हलमा भव्यताका साथ मनाउन आज प्रेसमिट प्रोग्रामको आयोजना ग-यो ! प्रेसमिटमा संचार माध्यमको साइडबाट नेपाल अमेरिका पत्रकार माहासंको माहासचिब ईश्वरी न्यौपाने, नेपाली ९७७ बे एरियाका प्रकाश मैनाली, पहिलो सूचनाका संचालक काजी घिसिङ, सान्ति राई र नेपाली डाइसपराका अमर तामाङको वीचमा संस्थाका बर्तमान अध्यक्ष सुरज पाख्रिन, भूतपूर्व अध्यक्ष तथा जनजाति माहासंघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कुमार दोङ, तामाङ कमिटीकी बोर्ड मेम्बर सानुकान्छी लामा, संगम लामा र रेशम लामाले ल्होछार विशेष आआफ्ना भनाईहरू पालैपालो राखेका थिए ।
हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण एवं संवर्धनमा तपाईं–हामी सबैको सहकार्य र सहभागिताले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस्ता कार्यक्रमहरूमार्फत हाम्रो मौलिक धर्म र संस्कृतिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न महत्वपूर्ण सहयोग पुग्ने हिसाबले यो सोनाम ल्होछार भव्य गर्न लागेको हो -अध्यक्ष सुरज पाख्रिनले बताए ! त्यसैगरेर हाम्रो मंगोलियन हर्ट राजु लामाको विशेष प्रस्तुतिले कार्यक्रम भव्य हुने भन्दै ल्होछारको महिमा उदेश्य बारे कुमार दोङ, रेशम लामा र संगम लामाले थप प्रष्ट पारे भने सानु तामाङले कसैलाई तामाङ पोशाक आवश्यक परे हामी संग सम्पर्क गर्न अनुरोध गरे ! कार्यक्रमको अन्त्यमा पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिदै यो सव्य भव्य सांस्कृतिक साँझमा सबै आएर भरपुर मनोरंजन लिन आह्वान गर्दै अध्यक्ष सुरज पाख्रिनले प्रेस मिट कार्यक्रमको बिट मारे !
